सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन जेनजी आन्दोलनको अपिल
काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ। आन्दोलनले जारी गरेको अपिल पत्रमा आन्दोलनकारीहरूको योगदानप्रति आभार व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपिल पत्रमा भनिएको छ, 'हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ। यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।'
जेनजी आन्दोलनले अब देश नयाँ नेतृत्वतर्फ गएको दाबी गर्दै आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन आह्वान गरेको छ। सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएको भन्दै त्यसमा क्षति पुर्याउन नहुने प्रष्ट पारिएको छ।
आन्दोलनले नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको जनाउँदै संयम र धैर्यका साथ अघि बढ्न आग्रह गरेको छ। 'हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो,' अपिलमा भनिएको छ।
जेनजी आन्दोलनले सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाउने उल्लेख गर्दै आगामी यात्रामा एकजुट रहन आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण