संयमित बन्न प्रदर्शनकारीलाई अमरेशकुमार सिंहको आग्रह
सारांश
- सांसद अमरेशकुमार सिंहले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरे।
- उनले भ्रष्टाचार विरुद्धको अभियानमा आफू असफल भएको र देश बनाउने जिम्मा जेनजी पुस्ताको भएको बताए।
- उनले सार्वजनिक सम्पत्तिको रक्षा र देशलाई समृद्ध बनाउन अपिल गरे।
काठमाडौँ । सांसद अमरेशकुमार सिंहले प्रदर्शनकारीहरुलाई संयमित बन्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रदर्शनकारीहरुलाई संयमित बन्न आग्रह गरेका हुन् ।
उनले आफू पनि भ्रष्टाचार विरुद्धको अभियानमा लागेको तर नसकेको जेनजी पुस्ताले देखाइदिएको बताएका छन् । उनले अब देशमा बिगतमा भएको सबै भ्रष्टाचारको छानबिन गर्ने जिम्मा पनि जेनजी पुस्ताकै भएको बताएका छन् ।
प्रिय जेनजी पुस्ताहरू,
तपाईंहरूले यो देशको मुहार फेर्न सुरुवात गर्नुभयो। अब यो देश बनाउने जिम्मा पनि तपाईंहरूकै हो। म भ्रष्टाचार विरुद्ध लडिरहे तर सकिन तर तपाइहरुले गरेर देखाइदिनु भयो । अब यो देशमा विगतमा भएको सबै भ्रष्टाचारको छानबिन गर्ने जिम्मा पनि तपाइहरू कै हो। देशको सार्वजनिक सम्पत्ति नेताहरूले पहिले नै बेचेर खाइसकेका छन् । अब बचेका सम्पत्तिहरू को रक्षा संवर्द्धन गर्ने जिम्मा पनि तपाईंहरु कै हो। त्यसैले अब देशको सार्वजनिक सम्पत्ति मा आगो नलागौँ संयमित बनौँ। थप जनधनको क्षति हुन बाट बचाऔँ। अब देशलाई स्थिरता र समृद्ध नेपाल बनाउन तर्फ लाग्न हार्दिक अपिल गर्दछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण