खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने
बिहीबार, २६ भदौ २०८२, ०१ : २८
सारांश
- खाँदबारी नगरपालिकाले देशव्यापी आन्दोलनका कारण दुई दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
- नगरपालिकाले अत्यावश्यक सेवाबाहेक सबै कार्यालयहरू बिहीबार र शुक्रबार बन्द गर्ने जनाएको छ।
- नगरप्रमुख महेश थपलियाले संयमित रहन र आइतबारदेखि सेवा सुचारु हुने बताएका छन्।
सङ्खुवासभा । देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ ।
नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू बिहीबार र शुक्रबारसम्म बन्द रहने जनाएको छ ।
सेवाग्राहीलाई यस अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै नगरप्रमुख महेश थपलियाले संयमित र धैर्य रहन नगरवासीलाई अपिलसमेत गरेको छ । आन्दोलनका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेकाले अवस्था सहज भएसँगै आइतबारदेखि सेवा दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण