संविधान जोगाउन माइतीघरमा प्रदर्शनको आह्वान
बिहीबार, २६ भदौ २०८२, ०३ : ३४
सारांश
- सेभ आवर कन्स्टिट्युशन समूहले संविधान जोगाउन भन्दै बिहीबार माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
- यसअघि जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो।
- आन्दोलनका क्रममा प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो भने अन्तरिम सरकार गठनको कुरा उठेको थियो।
काठमाडौँ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो।
यसअघि सोमबार र मंगलबार जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। सो आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने जेनजीहरुले अन्तरिम सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। तर, अन्तरिम सरकारको नेतृत्वको विषयमा बुधबार साँझसम्म सहमति जुट्न सकेको छैन।
यस्तै परिस्थितिमा ‘सेभ द कन्स्टिट्युशन’ समूहले संविधान जोगाउन भन्दै माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्न लागेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण