कोलोराडो हाईस्कुलमा गोलीबारी, दुई सहपाठीलाई गोली हानेर आक्रमणकारीले गरे आत्महत्या
सारांश
- कोलोराडोको एभरग्रीन हाई स्कुलमा एक विद्यार्थीले गोली चलाएर आत्महत्या गरे।
- आक्रमणकारी विद्यार्थीले दुई साथीलाई गोली हानेका थिए, जसमध्ये एकको अवस्था स्थिर छ।
- घटनापछि, स्कुलका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारियो र सुरक्षा बहस सुरु भयो।
वाशिङ्गटन डीसी । अमेरिकाको कोलोराडो राज्यमा रहेको एभरग्रीन हाई स्कुलमा एक विद्यार्थीले गोलीबारी गरेर आत्महत्या गरेका छन् । बुधबार दिउँसो आक्रमणकारी विद्यार्थीले दुई साथीलाई गोली हानेका थिए । त्यसपछि आफैँलाई पनि गोली हाने । उपचारको क्रममा उनको पछि मृत्यु भयो ।
जेफरसन काउन्टी शेरिफको कार्यालयका अनुसार गोलीबारी स्कुल भित्र र बाहिर दुवै ठाउँमा भएको थियो । घटनास्थलमा पुगेर प्रहरीले पाँच मिनेट भित्र आक्रमणकारीलाई फेला पारे । यस अवधिमा कुनै पनि अधिकारीले गोली हानेनन् ।
दुवै घाइते विद्यार्थीलाई पहिले गम्भीर अवस्थामा ल्याइएको सेन्ट एन्थोनी अस्पतालका सीईओ केभिन कुलिननले भने । पछि एक विद्यार्थीको अवस्था स्थिर रहेको रिपोर्ट आयो । ती विद्यार्थीको चोटपटक ज्यान जोखिममा पार्ने खालको थिएन । डाक्टर ब्रायन ब्ल्याकवुडले थप जानकारी दिएका छैनन् । दुवै विद्यार्थीको उमेर पनि सार्वजनिक गरिएको छैन ।
एभरग्रीन हाई स्कुलमा ९०० भन्दा बढी विद्यार्थीहरू पढ्छन् । यो क्षेत्र जङ्गलले घेरिएको छ र स्कुल सहरको केन्द्रबाट लगभग एक माइल टाढा छ । घटनापछि अभिभावकहरू नजिकैको प्राथमिक विद्यालयमा भेला भएर विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगेका थिए ।
घटनापछि, १८ जना विद्यार्थीहरूले नजिकैको घरमा शरण लिएका थिए । जेफरसन काउन्टीको कोलम्बाइन हाई स्कुलमा १९९९ भएको यस्तै गोलीकाण्डमा १४ जनाको मृत्यु भयो । पछिल्लो घटनाले स्कुल सुरक्षासम्बन्धी बहसलाई फेरि चर्काएको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण