हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि परिवारमा खुसी
सारांश
- रुपन्देहीको सिद्धार्थनगरबाट हराएकी ७ वर्षीया बालिकालाई साढे ६ महिनापछि किन इन्डिया नामक संस्थाले उद्धार गर्यो।
- बालिका भारतको विहारमा फेला परेकी थिइन् र उनलाई परिवारसँग पुनर्मिलन गराइएको छ।
- किन इन्डियाले बालिकालाई भारतसम्म पुर्याउने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीय बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।
त्यसपछि बालिकाको परिवारले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दियो । तर, तत्काल उनी फेला परिनन् । बालिका फेला नपरेपछि उनको परिवार चिन्तित थियो । ती बालिकालाई ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर परिवारसँग पुनर्मिलन गराएपछि अहिले उक्त परिवारमा खुसी छाएको छ ।
किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बालिका हराएको सूचना प्राप्त भएपछि खोजी प्रक्रिया अगाडि बढाइएको बताए । “नेटवर्क सक्रिय बनायौँ, भारतीय एजेन्सी, प्रहरी, दूतावाससँग समन्वय गर्यौँ । उहाँहरूले सहयोग गर्नुभयो । वडा कार्यालयले आवश्यक कागजात छिटो पठाएपछि कानुनी प्रक्रिया पूरा गरेर प्रहरी कार्यालय र वडा कार्यालयको रोहवरमा बालिकालाई परिवारसँग पुनर्मिलन गराएका छौँ”, उनले भने ।
बालिका भारतको विहारमा फेला परेकी जोशीले जानकारी दिए । “नानीले नयाँ जीवन पाएकी छन् । तर, उनलाई भारतसम्म पुर्याउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ । ती व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।
आफ्ना बालबालिकाको ख्याल गर्न र सचेत हुन उनले अभिभावकलाई आग्रह गरे । किन इन्डियाले हालसम्म हजारौँको उद्धार गरिसकेको उनले जानकारी दिए ।
विगत लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी सामाजिक अभियन्ता ज्ञानु पौड्यालले बालिका घर पुग्दा घरपरिवार हर्षित भएको बताइन् । “बालिका हराएपछि परिवार निकै पीडामा थियो, तर अहिले यो परिवारमा खुसी छाएको छ”, उनले भनिन् ।
नेपाल–भारत खुल्ला सीमा भएकाले मानव बेचबिखनको जोखिम रहेको उनले बताइन् । राज्यले यो घटनाको अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिइन् । उनले यस्ता घटना हुन नदिन जनचेतनामूलक कार्यक्रम र अभिभावक शिक्षा जरुरी रहेको बताएन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले किन इन्डियाको अथक प्रयासबाट बेपत्ता बालिका साढे ६ महिनापछि घर फर्किन सफल भएकी बताए । “बालिकाको परिवारसँगै वडा परिवार खुसीले गदगद् भएका छौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण