जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास
शुक्रबार, २७ भदौ २०८२, ०९ : २३
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका कानुनी जटिलता फुकाउन सरोकारवालाहरूसँग परामर्श गरिरहेका छन्।
- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भए पनि कानुनी जटिलता देखा परेको छ।
- राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको स्वागतका लागि गृह मन्त्रालयका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो।
काठमाडौँ । अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् ।
जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेका हुन् ।
कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ । जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान मात्र गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागत गर्न तयार अवस्थामा रहन निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण