अमेरिकाले छापा मारेको कारखाना खुल्न समय लाग्छ: ह्युन्डाई
सारांश
- अमेरिकी अध्यागमनले जर्जियास्थित हुन्डाई कारखानामा छापा मारेको थियो, जसले गर्दा कारखाना बन्द हुने भएको छ।
- छापा मार्दा पक्राउ परेका अधिकांश अवैध आप्रवासी कामदार दक्षिण कोरियाली नागरिक थिए।
- दक्षिण कोरियाले कामदार पठाउनु सामान्य भएको जनाएको छ, तर अमेरिकाले उनीहरूलाई कामको अधिकार नभएको बताएको छ।
जर्जिया । अमेरिकी अध्यागमनका अधिकारीहरूले हालै जर्जियामा रहेको दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाईको कारखानामा ठुलो स्तरमा छापा मारेका थिए । यो घटनापछि उक्त कारखाना खुल्न कम्तीमा पनि दुई महिना लाग्ने कम्पनीले बताएको छ ।
यो छापामारपछि अमेरिका र दक्षिण कोरियाबिच तनाव बढेको छ । उक्त छापामारीका क्रममा समातिएका अधिकांश अवैध आप्रवासी कामदार दक्षिण कोरियाली थिए । तीमध्ये अधिकांश कामदारलाई कम्पनी स्थापनार्थ सहयोग गर्नका लागि भनेर पठाइएको दक्षिण कोरियाली अधिकारीहरूले भनेका छन् ।
छापामारीका कारण कारखाना खुल्न कम्तीमा पनि दुई देखि तीन महिनासम्म ढिला हुन सकने हुयुन्डाईका प्रमुख कार्यकारी जोस होसे मुन्योफले भनेका छन् । जर्जियामा गएको हप्ता भएको सो छापामारी अमेरिकी इतिहासको सबैभन्दा ठुलो थियो ।
यसमा ४७५ जना समातिएका थिए । यीमध्ये ३०० भन्दा धेरै दक्षिण कोरियाली नागरिक थिए । ती कामदार अमेरिकामा काम गर्न अधिकार प्राप्त नभएको अमेरिकी अध्यागमनका अधिकारीहरूले भनेका छन् ।
तर विदेशमा रहेका कारखानालाई स्थापनाका लागि मद्दत गर्न यसरी दक्षिण कोरियाली कम्पनीहरूले कामदार पठाउनु सामान्य भएको दक्षिण कोरियाको भनाइ छ । पक्राउ परेका कामदारहरू शुक्रबार स्वदेश फिर्ता हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण