बम राखिएको सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग
शुक्रबार, २७ भदौ २०८२, १४ : ११
सारांश
- नयाँ दिल्लीको उच्च अदालतमा बम राखिएको धम्की आएपछि भागाभाग मच्चियो।
- धम्कीपूर्ण इमेल आएपछि अदालत खाली गरियो र न्यायाधीशहरूले केही समयका लागि कारबाही रोके।
- सुरक्षा एजेन्सीहरूले अदालत परिसरमा जाँच गरिरहेका छन् र दिउँसो २:३० बजेपछि मात्रै कारबाही सुचारु हुनेछ।
नयाँ दिल्ली । बम राखिएको सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग भएको छ । धम्की आउने बित्तिकै न्यायाधीशहरूले केही समयको लागि अदालतको कारबाही रोकेका थिए ।
धम्कीपूर्ण मेल आउने बित्तिकै दिल्ली प्रहरीले कारबाही गर्दै अदालत खाली गरेको समाचारमा उल्लेख छ । मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।
सो धम्कीपूर्ण मेल हाई कोर्टका रजिस्ट्रार जनरल अरुण भारद्वाजको मेलामा आएको थियो । सुरक्षा एजेन्सीले हाई कोर्टको पुरानो भवनका कर्मचारीलाई तुरुन्तै भवनबाहिर आउन भनेका थिए ।
सुरक्षा निकायले अदालतभित्र जाँच गरिरहेको र अदालती काम कारबाही साढे २ बजे मात्रै पुनः सुचारु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण