मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेनजीको प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर,भिडियोहरू पठाउन प्रहरीको आग्रह

शुक्रबार, २७ भदौ २०८२, २० : ००
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । नेपाल प्रहरीले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए पठाउन आग्रह गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले आम नागरिकहरूलाई त्यस्ता तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए [email protected] मा पठाउन प्रहरीले आग्रह गरेको हो । गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ । 

गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए । जेनजीहरुको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपर्‍यो । 

545529572_24393696850310466_8805329914060977291_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप