संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बना : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् विघटन गर्नतिर अग्रसर हुनुलाई विडम्बनापूर्ण भएको बताएका छन् ।
महासचिव पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको शुक्रबार सामाजिक सञ्जालमार्फत बताएका हुन् । साथै उनले सबैलाई सतर्क रहन र खबरदारी गर्न आग्रह गरेका छन् ।
‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ’, महासचिव पोखरेलले लेखेका छन् ।
शुक्रबार साँझ जेनजीको माग अनुसार संसद् विघटन गर्ने र प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्त गर्ने सहमतिपछि पोखरेलले यस्तो बताएका हुन् । यस्तै एमाले सांसद सूर्य थापाले पनि संसद् विघटनको विरोध गरेका छन् ।
‘रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसमर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको छ ।लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिन– भदौ २७ गते’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण