नेतृत्व मात्रै परिवर्तन गर्नु धोका होः प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले पुरानै व्यवस्थालाई स्वीकार्दै सरकार परिवर्तन गर्नुलाई धोकापूर्ण सम्झौता भनेका छन्।
- उनले जेनजी आन्दोलनको जनादेश विपरीत पुरानै संविधान र प्रणाली स्वीकार गर्न नसकिने बताएका छन्।
- साहले संसद विघटन गरी नयाँ सरकार र संविधान निर्माणको माग गरेका छन्, किनकि जनताले वर्तमानलाई अस्वीकार गरिसकेका छन्।
काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी केवल सरकार मात्रै परिवर्तन हुनु जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान भएको जनाएका छन् ।
जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेश विपरीत उही संविधान, पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गर्दै सरकारको नेतृत्व मात्रै परिवर्तन गरेर अगाडी बढ्ने विषय धोका भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने उनले बताएका छन् ।
नेपाली जनताले अहिलेको संविधान, व्यवस्था, प्रणाली र सरकार अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको उनले जनाएका छन् । आजपा अध्यक्ष साहले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद् विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढ्नु नै नेपाली जनताको माग रहेको जनाएका छन् ।
‘जेनजी पुस्ताको नेतृत्वमा भएको जन आन्दोलनलाई केवल नेतृत्वको अनुहार परिवर्तनमा मात्र सीमित गरी अघि बढ्ने धोकापूर्ण सम्झौता हामीलाई स्वीकार्य छैन । किनकि, समस्या केवल व्यक्तिमा होइन, गलत संरचना र भ्रष्ट प्रणालीमा छ, जसले केन्द्रदेखि प्रदेश र स्थानीय तह लगायत राज्यको सम्पूर्ण निकायलाई नै दूषित तुल्याएको छ,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी सतहमा रमाउने होइन, गहिराइमा पुगेर समाधान खोज्न जरुरी छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको विद्रोहले देशमा व्याप्त बेथिति, लुट एवं भ्रष्टाचारको मूल जड वर्तमान सरकार, संसद् र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उहीँ पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी अघि बढ्ने कुरा जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान हो ।’
जेनजी पुस्ताको अगुवाइमा भएको जनआन्दोलनमार्फत प्रकट गरेको ताजा जनादेशलाई स्वीकार गरेर देशलाई बदलावको दिशामा अगाडि बढाउनुपर्ने उनले जनाएका छन् । अहिलेको संविधान पुर्णरुपमा असफल भइसकेको बताउँदै उनले नयाँ संविधान निर्माणमा जुट्नुपर्ने आवश्यक रहेको जनाएका छन् ।
‘जसरी मेसिन परिवर्तन नगरीकन म्यानेजर र कारिन्दा मात्र बदलेर उत्पादन परिवर्तन गर्न सकिँदैन, ठिक त्यसै प्रकार व्यवस्था नबदलीकन अवस्था बदल्न सकिँदैन । व्यवस्था र अवस्था आफैँमा अन्तरसम्बन्धित विषय हुन् । यस सार्वभौम सत्यलाई नजरअन्दाज गर्नु दुखद हो । यसरी जेनजीहरूको अगुवाइमा भएको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ । यसर्थ, यस आन्दोलनलाई कंलकित हुनबाट बचाउन र शाहिदको सपना र रगतलाई जोगाउन यो धोकापूर्ण सम्झौतालाई अस्वीकार गरौँ ! वर्तमान व्यवस्थाको खारेजी सहित नयाँ व्यवस्था निर्माणको दिशामा अघि बढौँ,’ साहले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण