रौतहटमा निषेधाज्ञा जारी
सारांश
- रौतहट जिल्लाको सुरक्षा अवस्थाको कारण जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ।
- भदौ २८ गते बिहान ६:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म निषेधाज्ञा र बेलुकी ९:०० बजेदेखि भदौ २९ गते बिहान ६:०० बजेसम्म कर्फ्यु लागु हुनेछ।
- आदेश उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिनेछ भने आकस्मिक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन।
रौतहट । रौतहट जिल्लाको पछिल्लो सुरक्षा परिस्थिति विचार गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । सिडिओ विनोद कुमार खड्काले शनिवार एक सूचना जारी गरी कर्फ्यु आदेश बारे जानकारी गराएका हुन्।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ७ बमोजिम जारी गरिएको आदेशअनुसार भदौ २८ गते शनिवार आज बिहान ६:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म निषेधाज्ञा लागू हुनेछ । त्यस्तै, सोही दिन बेलुकी ९:०० बजेदेखि भदौ २९ गते बिहान ६:०० बजेसम्म कर्फ्यु जारी रहने जनाएको छ ।
निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी मानिस भेला वा जमघट गर्न नपाइने, यातायातका साधन (सार्वजनिक तथा निजी) सञ्चालनमा रोक लगाइने तर आकस्मिक सेवाका सवारी साधन (एम्बुलेन्स, स्वास्थ्य, खानेपानी, खाद्यान्न, औषधि, दूध, सब्जी, दुग्ध पदार्थ तथा दुध दुहाईका साधन) मा भने रोक नहुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको सिडिओ विनोद कुमार खड्का द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण