चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
सारांश
- चितवन जिल्ला प्रशासनले भदौ २८ गते बिहान ७ बजेदेखि निषेधाज्ञा र कर्फ्यु पूर्ण रूपमा हटाएको छ।
- पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो।
- निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ, बजार र यातायात पुनः सञ्चालनमा आएका छन्।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ। प्रशासनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि नै सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू हटाइएको जानकारी दिएको हो।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकले सुरक्षा अवस्थाको विश्लेषण गरी निषेधाज्ञा र कर्फ्यु लगाउने निर्णय गरेको थियो।
नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सबैलाई अपिल गरिएको छ।
निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण