धनगढीको जनजीवन सामान्य बन्दै, आन्दोलनले बिगारेको ठाउँमा ‘जेनजी’द्वारा सरसफाइ
सारांश
- धनगढीमा कर्फ्यू र निषेधाज्ञा हटेपछि शनिबारदेखि जनजीवन सामान्य बन्दै गएको छ।
- बजार, यातायात र सर्वसाधारणको चहलपहल पुरानै लयमा फर्किएको छ भने सुरक्षा गस्ती पनि हटाइएको छ।
- आन्दोलनकारी युवाहरूले सरकारी कार्यालय अगाडिको सडक र परिसरमा सरसफाइ गरेका छन्।
धनगढी । केही दिनदेखि तनावग्रस्त रहेको धनगढीको जनजीवन शनिबारदेखि सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले लगाएको कफ्र्यु र निषेधाज्ञा हटेसँगै बजार, यातायात र सर्वसाधारणको चहलपहल पुरानै लयमा फर्किएको हो।
शनिबार बिहानैदेखि धनगढीका मुख्य बजार तथा सडकमा सार्वजनिक तथा निजी सवारी साधन चल्न थालेका छन्। अटो रिक्साहरू पनि सञ्चालनमा आएका छन् भने पसलहरू खुलेका छन्।
यससँगै, दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू काममा फर्किएका छन् भने अन्य सर्वसाधारण पनि आफ्नो कामकाजमा जान थालेका छन्। सुरक्षाका लागि चोक–चोकमा गरिएको नेपाली सेनाको गस्ती पनि हटेको छ। जनजीवन सामान्य बन्दै गएपछि स्थानीयले सहज महसुस गरेका छन्।

केही दिनअघि ‘जेनजी’ समूहको आन्दोलनका क्रममा तोडफोड भएका सरकारी कार्यालय अगाडिको सडक तथा परिसरमा शनिबार तिनै युवाहरू सरसफाइमा जुटेका छन्।

यातायातका साधनहरू चल्न थालेसँगै धनगढी लगायत प्रदेशभरिको जनजीवन सहज बनेको छ। मानिसहरूको आवतजावत बढेको छ र बजारमा पनि चहलपहल फर्किएको छ। सुदूरपश्चिमका भारतसँग जोडिएका गौरीफन्टा र त्रिनगर भन्सार नाकामा आवतजावत गर्नेहरुको पनि भीड छ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण