शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा निषेधाज्ञा र कर्फ्यू हट्यो

शनिबार, २८ भदौ २०८२, १९ : २२
शनिबार, २८ भदौ २०८२

बुटवल । रुपन्देहीमा निषेधाज्ञा र कफ्र्यू हटाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भदौ २८ गते साँझ ६ बजेबाट लागु हुने गरी कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिएका छन् । 

जिल्लाको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दा सामान्य रहेको र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकोले निषेधाज्ञा र कर्फ्यू हटाइएको उनले बताए । 

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न भन्दै २३ गते साँझबाट निषेध आज्ञा र कर्फ्यु लगाएको थियो ।

शनिबारदेखि जिल्लाभित्रका शिक्षण संस्था, सार्वजनिक सेवा, यातायातलगायत सुचारु हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप