नेपालको उदाहरण दिँदै आदित्यनाथले भने, ‘साना कुरालाई बेवास्ता गर्दा पछि ठुलो समस्या बन्न सक्छ’
सारांश
- उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको अवस्थाबारे सचेत गराउँदै साना विषयलाई बेवास्ता गर्दा ठूलो संकट आउनसक्ने बताए।
- उनले सामाजिक सञ्जाललाई बेवास्ता गर्दा भ्रम सिर्जना हुनसक्ने र विकासमा अवरोध आउने धारणा राखे।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन्, शान्ति र समृद्धिको प्रतिबद्धता जनाउँदै।
लखनउ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा देखिएको हालको अवस्थाबारे आफ्नो पहिलो प्रतिक्रिया दिँदै साना विषयलाई बेवास्ता गर्दा ठुलो सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिएका छन्।
शनिबार लखनउस्थित राम मनोहर लोहिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको पाँचौँ दीक्षान्त समारोहमा बोल्दै उनले भने, ‘तपाईंहरूले नेपालमा भएको देख्नुभयो। सामाजिक सञ्जाललाई बेवास्ता गरियो, अनि अहिले के भयो? त्यहाँको अवस्था देखाउँछ कि यसरी बेवास्ता गर्दा विकास–प्रगतिमा अवरोध त ल्याउँछ नै, व्यापक भ्रम पनि सिर्जना हुन्छ।’
उनले थपे, ‘साना कुरा पछि ठुलो समस्या बन्न सक्छन्। त्यसैले सानै बेलामा ध्यान दिनुपर्छ, ताकि त्यस्तो अवस्था कतै नदोहोरियोस्।’
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै भारत नेपाली जनताको शान्ति, प्रगति र समृद्धिमा प्रतिबद्ध रहेको बताएका छन्। भारत सरकारले शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत गर्दै यो कदमले नेपालमा शान्ति र स्थिरता ल्याउने आशा व्यक्त गरेको थियो।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। यसअघि जेनजी आन्दोलनको दबाबमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण