नयाँ बसपार्कबाट तीन सय बढी सार्वजनिक सवारी साधन बाहिरिए
सारांश
- काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारी साधन बाहिरिएका छन्।
- जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको यातायात फेरि सञ्चालनमा आएको छ।
- दसैँ सुरु हुन लागेकाले यात्रुको घुइँचो बढेको छ, तर टिकट बुकिङ अझै खुलेको छैन।
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारी साधन (उपत्यकाबाट) बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँ बसपार्कबाट ३०० बढी सवारी साधन बाहिरिएका हुन् ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारी साधन यात्रु लिएर नयाँ बसपार्कबाट बाहिरिएका जानकारी दिए ।
‘यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्य स्थलतर्फ जान थालेका छन्’, उनले भने । आज बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारी साधन सञ्चालन हुन थालेका उनको भनाइ छ ।
उनले दसैँसमेत सुरु हुन लागेकाले नयाँ बसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए । यस वर्षको दसैँका लागि सार्वजनिक सवारी साधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण