लन्डनको सडकमा ओर्लिए डेढ लाख मानिसहरू, झडपमा दर्जनौँ प्रहरी घाइते
सारांश
- लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनको र्यालीमा हिंसा भड्कियो, जसमा डेढ लाख मानिस सहभागी थिए।
- प्रहरीमाथि बोतल प्रहार हुँदा २६ जना प्रहरी घाइते भए, जसमध्ये चार जनाको अवस्था गम्भीर छ, र २५ जना पक्राउ परे।
- र्यालीको विरुद्धमा 'स्ट्यान्ड अप टु रेसिज्म'ले विरोध प्रदर्शन गर्यो र एलन मस्कले भिडियोमार्फत सम्बोधन गरे।
लन्डन । शनिबार लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्यालीमा हिंसा भड्कियो । यस र्यालीमा करिब डेढ लाख मानिसहरू सहभागी भएका थिए ।
प्रहरीका अनुसार ‘युनाइट द किंगडम’ नाममा आयोजना गरिएको यस र्यालीमा केही मानिसहरूले प्रहरीमाथि बोतल र अरु सामान प्रहार गरेका थिए । यी आक्रमणमा २६ जना प्रहरी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले भिडियो लिङ्क मार्फत ह्वाइटहलमा भेला भएका मानिसहरूलाई सम्बोधन गरेका थिए । अर्काेतर्फ, यस र्यालीको विरुद्ध ‘स्ट्यान्ड अप टु रेसिज्म’ले विरोध प्रदर्शनको आयोजना गरेका थिए । यसमा करिब ५ हजार मानिसहरू सहभागी थिए । प्रहरीका अनुसार, हालसम्म विभिन्न अपराध अन्तर्गत २५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले हिंसालाई पूर्ण रूपमा अस्वीकार्य भनेको छ ।
यस र्यालीलाई ध्यानमा राख्दै लन्डनमा भारी सुरक्षा व्यवस्था गरिएको थियो । रबिन्सनका समर्थकहरूलाई धपाउन प्रहरीले लाठीचार्ज गर्दा झडप भएको बताइएको छ । टमी रोबिन्सनको वास्तविक नाम स्टीफन याक्सली–लेनन हो । जनतालाई सम्बोधन गर्ने क्रममा उनले नेताहरूको आलोचना गरेका थिए ।
बेलायती अदालतहरूले कागजात नभएका आप्रवासीहरूको अधिकार स्थानीय समुदायको अधिकारभन्दा माथि रहेको फैसला गरेको पनि उनले बताए । गत महिना, अपिल अदालतले एसेक्सको एपिङस्थित द बेल होटलमा शरणार्थीहरूलाई राख्न प्रतिबन्ध लगाउने आदेशलाई अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण