जेनजी आन्दोलनमा तोडफोड र आगजनी : संगीतकार चेतन सापकोटादेखि युट्युबर भाग्य न्यौपानेसम्म विवादमा
सारांश
- जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो।
- गायक चेतन सापकोटा र टिकटक स्टार मनोज केसी लगायत व्यक्तिहरू तोडफोड र आगजनीमा मुछिएका छन्।
- युट्युबर भाग्य न्यौपाने रवि लामिछानेलाई निकाल्न भीडलाई आग्रह गरेको भिडियोका कारण विवादमा आए।
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा थुप्रै सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भयो । आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरू भएको जिकिर गर्दै अहिले सामाजिक सञ्जालमार्फत भिडियोहरू बाहिरिन थालेका छन् ।
जसअनुसार सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा टिकटकर, युट्युबर र कलाकार समेत मुछिएका छन् ।
त्यसरी मुछिनेमा गायक तथा संगीतकार चेतन सापकोटादेखि युट्युबर भाग्य न्यौपानेसम्म छन् । चेतन मंगलबार सिंहदरबार जल्दै गर्दा आक्रामक शैलीमा देखिएको तस्बिर सामाजिक सञ्जालमा जताततै पोस्ट भएका छन् ।
सामाजिक सञ्जालमा उनलाई सिंहदरबारमा आगो लगाउन उक्साएको आरोपसहित कारबाहीको माग गरिएको छ । तर उनले त्यसको कल्पना आफूले गर्न नसक्ने भनेर केही मिडियामा प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, टिकटकबाट चर्चित बनेका मनोज केसी पनि यो मामलामा मुछिएका छन् । संसद् भवन अघिल्तिर नेपालको झन्डा ओढेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गाड्नुपर्छ’ भन्दै उनले गाली गरिरहेको भिडियो टिकटकभरि पाउन सकिन्छ । लोकदोहोरी गायिका सुस्मिता क्षेत्री राष्ट्रपति कार्यालयमा आगलागी हुँदा त्यहीँ देखिएकी छन् । ‘फाइनल्ली राष्ट्रपति भवन गयो’ भन्दै चिच्याउँदै खुसी व्यक्त गरेको भिडियो उनले आफ्नै टिकटकबाट पोस्ट गरेकी थिइन् । जुन अहिले हटाइएको छ ।
युट्युबर भाग्य न्यौपाने पनि यो विषयमा मुछिएका छन् । सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकाल्न भीडलाई आग्रह गर्दै न्यौपानेले भिडियो पोस्ट गरेका थिए, जुन भिडियो टिकटकमा भाइरल भएपछि उनी विवादमा तानिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण