पाकिस्तानद्वारा भारतलाई १२८ रनको लक्ष्य, कुलदीपको तीन विकेट
सारांश
- एसिया कपमा पाकिस्तानले भारतलाई १२८ रनको लक्ष्य दिएको छ।
- पाकिस्तानले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १२७ रन बनायो।
- कुलदीप यादवले भारतका लागि ३ विकेट लिए।
काठमाडौँ । एसीसी एसिया कपमा पाकिस्तानले भारतलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनायो ।
पाकिस्तानका लागि सहिबजादा फरानले सर्वाधिक ४० रन बनाए । ४४ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै फकर जमानले १७ रन बनाउँदा शाहिन्सा अफ्रिदीले ३३ तथा फहिम अश्रापले ११ रनको योगदान गरे ।
भारतका लागि बलिङतर्फ कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चे । त्यस्तै अक्षर पटेल र जसप्रित भुमराहले दुई दुई विकेट लिँदा हार्दिक पाड्या र बरुण चक्रवर्तीले एक एक विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा छन् । दुबै टोलीले प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण