नेसपा (नयाँ शक्ति) ले बोलायो केन्द्रीय समिति बैठक
सारांश
- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ।
- पार्टीले जेनजी आन्दोलन र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी नीति बनाउने जनाएको छ।
- अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान बचाउन सफल भएकोमा खुसी व्यक्त गरे।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले असोज ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।
जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न बैठक बोलाइएको प्रवक्ता कृष्ण शर्माले बताए । शर्माका अनुसार बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको छ ।
हिजोको बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान बचाउन सफल भएकोमा खुसी व्यक्त गरेका थिए । विदेशीको इसारामा देशभित्रका विभिन्न स्वार्थ समूहले विध्वंस मच्चाएको बैठकले निष्कर्ष निकालेको छ ।
‘जेनजी आन्दोलनमा संविधान मास्न चाहने तत्त्वहरूको घुसपैठ देखिएको छ । विदेशीको इसारामा विभिन्न स्वार्थ समूहले विध्वंस मच्चाए । भिरबाट खस्न लागिएको गाडीलाई जबरजस्ती भित्तामा ठोकाएर प्यासेन्जर बचाउन सफल भइएको छ । अहिलेलाई संविधान बाच्नु नै सबैभन्दा ठुलो कुरा हो, त्यसमा हामी सफल भयौँ’, भट्टराईको भनाइ उद्धृत गर्दै शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण