चितवन जिल्ला अदालतबाट सेवा सुरु
सारांश
- चितवन जिल्ला अदालतले आन्दोलनका कारण क्षति पुगेपछि सीमित सेवा सुरु गरेको छ।
- अदालतले बन्दीप्रत्यक्षीकरण, म्याद थप र पक्राउ पुर्जीसहितका सेवाहरू सञ्चालन गर्नेछ।
- भरतपुर कारागारबाट भागेका ३३४ कैदीबन्दी फर्किएका छन्, भने अन्य सम्पर्कमा आउने क्रम जारी छ।
चितवन । चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो ।
कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो ।
उनले भने, ‘एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ ।’ अदालतले यही भदौ २४ गतेदेखि आन्दोलनका कारण सेवा दिन सकेको थिएन ।
अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत काम कार्वाही अर्को सूचना जारी गरेर जानकारी दिइने उनले बताए । प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पूर्ण रूपमा क्षति भएको छ ।
अदालतको भौतिक संरचनासहित महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षति पुगेको छ । उनले भने, ‘संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ ।’
तीन सय ३४ कैदीबन्दी फर्किए
यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ । हालसम्म ३३४ जना कैदीबन्दी फर्किएका छन् । १५ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् ।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका ७४२ जनामध्ये ५० जनाबाहेक अरू सम्पर्कमा छन् । आएकामध्ये ३० महिला हुन् भने ३०४ जना पुरुष हुन् । महिलासँग दुई जना आश्रित बालबालिका समेत आएका छन् । कारागारमा ४६ जना महिला तथा ६९२ जना पुरुष कैदीबन्दी भागेका थिए । अन्य दुई जना भने भागेका थिएनन् । उनीहरूसँग चार जना आश्रित बालबालिका रहेको उनले जानकारी दिए ।
यस कार्यालयबाट भागेकामध्ये चार जना रूपन्देही कारागारमा र एक जना तनहुँ कारागारको सम्पर्कमा आएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण