जेनजी आन्दोलनका क्रममा जनकपुरधामबाट सुरक्षाकर्मीको हतियार लुट्ने दुई जना पक्राउ
सोमबार, ३० भदौ २०८२, १६ : ३१
सारांश
- जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने दुई जना पक्राउ परेका छन्।
- भदौ २४ गते मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी भएको थियो।
- पक्राउ परेका व्यक्तिहरूको साथबाट एसएलआर राइफल फेला परेको प्रहरीले जनाएको छ।
जनकपुरधाम । जेनजी आन्दोलनका क्रममा जनकपुरधामबाट सुरक्षाकर्मीको हतियार लुट्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २४ गते बेलुका अन्दाजी ७ बजेतिर मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारी प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । आन्दोलनकारीले उक्त कार्यालयको सुरक्षामा खटिएको प्रहरीको एसएलआर राइफल एक थान र सोको ५० राउन्ड गोली लुटपाट गरी लगेका थिए ।
अनुसन्धानका क्रममा सीसीटीभी फुटेज विश्लेषण गर्दै सोमबार बिहान करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र सोही ठाउँका २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट आन्दोलनका क्रममा सुरक्षाकर्मीको साथबाट लुटिएको एलएलआर राइफल फेला परेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण