कामै नगरीकन यी शिक्षिकाले पाइन् १६ वर्षसम्म तलब
सारांश
- जर्मनीमा एक शिक्षिका १६ वर्षसम्म बिरामी बिदामा बसिन् र तलब पाइरहिन्, तर विद्यालय बेखबर रह्यो।
- शिक्षिकाले स्वास्थ्य जाँच गर्न नमानेपछि उनले व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिन्, तर उनको अपिल खारेज भयो।
- अदालतले उनको स्वास्थ्य जाँच गर्न आदेश दिएको छ, तर राज्यले उनको तलब फिर्ता माग्न गाह्रो हुने देखिएको छ।
ब्रसेल्स । जर्मनीमा २००९ को अगस्टमा एक जना शिक्षिका बिरामी बिदामा बसिन् । तीन महिनापछि डाक्टरले शिक्षिकाको स्वास्थ्य अवस्था चेकजाँच गर्नु पर्थ्यो । तर यो चेकजाँच कहिले पनि भएन । अनि नाम नखुलाइएको ती शिक्षिकाको बिरामी बिदा ‘सिष्टमेटिकल्ली’ स्वतः नवीकरण भइरह्यो । यो क्रम१६ वर्षसम्म चल्यो । यस अवधिमा शिक्षिकाले पूरा तलब पाइरहिन् । अचम्मको कुरा चाहिँ के भयो भने विद्यालयलाई यो कुराको हेक्कै भएन ।
तर जब राज्यलाई यो कुरा थाहा भयो त्यसपछि महिलालाई मेडिकल चेकजाँच गर्न आदेश दियो । तर महिलाले यसो गर्न मानिनन् । उल्टै विद्यालयको व्यवस्थापनलाई नै अदालतमा पुर्याइन् । यो घटना दूसबगको वेसलस्थित बेरूफोकले व्यवसायिक उच्च विद्यालयको हो ।
शिक्षिका विद्यालय नआएपनि उनलाई हरेक महिना पूरै तलब भुक्तानी गरिएको थियो । सो विद्यालयमा ती शिक्षिकाले २००३ देखि काम गर्न सुरु गरेकी थिइन् ।
२०२४ मा विद्यालय व्यवस्थापन परिवर्तन आन्तरिक लेखापरीक्षण भएपछि मात्रै शिक्षिकाले यतिका वर्षसम्म कामै नगरीकन तलब पाइरहेको थाहा भयो । २०१५ मा कार्यभार सम्हालेका विद्यालयको तत्कालीन निर्देशकले ती शिक्षिकालाई कहिले पनि भेटेनन् । उनलाई ती शिक्षिका विद्यालयमा छिन भन्ने कुरै थाहा थिएन । जर्मन पत्रिका बिल्डका अनुसार ती शिक्षिकाले मासिक ५ हजार ५१ यूरोदेखि ६ हजार १७४ यूरोका बीचमा तलब थाप्थिन् । दुसबगमा ती महिलाको दुई वटा अपार्टमेन्ट समेत भएको सञ्चार माध्यमले भनेका छन् ।
शिक्षिकाको स्वास्थ्य अवस्था ठिक छ कि छैन भनेर नर्थ र्हाइन–वेष्टफालियाको संघीय निकायले ती शिक्षिकालाई जाँचका लागि भनेको थियो । तर उनले यसो गर्न मानिन् र व्यवस्थापन विरुद्ध मुद्दा हालिन् ।
उनको अपिल खारेज भएको शिक्षिकाले स्वास्थ्य जाँच गर्नै पर्ने भएको छ । शिक्षकाले आफ्नो स्वास्थ्यबारे झुठ नै बोलेको हो भन्ने प्रमाणित गर्न कठिन हुने भएकोले यतिका वर्षपछि ती शिक्षिकासँग एकमुस्ट पैसा फिर्ता माग्न पनि राज्यलाई गाह्रो हुने मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण