लुटपाट भएका सामान ओसार–पसार नगर्न ट्रक व्यवसायी महासंघको आग्रह
मङ्गलबार, ३१ भदौ २०८२, १४ : ५३
सारांश
- नेपाल ट्रक यातायात व्यवसायी महासंघले लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न निर्देशन दिएको छ।
- महासंघका अनुसार आन्दोलनका क्रममा चोरी भएका हतियार र अन्य सामग्री ढुवानी हुन सक्ने आशंका छ।
- लुटपाटमा परेका सामानको अवैध ओसारपसारले कानुनी समस्या निम्त्याउन सक्ने महासंघको भनाइ छ।
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जारी गरेको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी साधनमार्फत ओसार–पसार हुन सक्ने आशंका रहेको जनाएका छन्।
यसरी लुटपाटमा परेका सामानहरूको अवैध ओसार–पसार भएमा कानुनी समस्या निम्तिन सक्ने भन्दै महासंघले सबै सदस्य संस्थालाई सचेत रहन र व्यवसायीलाई त्यस्ता सामान नओसार्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण