आयोगका पदाधिकारीले भेटे प्रधानसेनापति
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले प्रधानसेनापतिसँग भेटवार्ता गरे।
- भेटमा शान्ति सुरक्षा, मानव अधिकार र आगामी सुरक्षा चुनौतीबारे छलफल भयो।
- आयोगले सेनालाई लोकतन्त्र, मानव अधिकार र विधिको शासनभित्र रहेर काम गर्न सुझाव दियो।
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेको छ ।
जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको सन्दर्भमा सेनापतिसँग भेट गरेको हो ।
भेटका क्रममा बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाका सम्बन्धमा छलफल भएको आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलले जानकारी दिए ।
छलफलका क्रममा आयोगले देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आङ्कलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न सेनालाई सुझाव दिएको उनले बताए ।
यस्तै आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा समेत जानकारी लिइरहेको छ । साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरूसँग निरन्तर भेटघाट गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण