दक्षिण सुडानमा अर्बौँ डलर भ्रष्टाचार: संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन
सारांश
- संयुक्त राष्ट्रसंघको रिपोर्टले दक्षिण सुडानका अधिकारीहरूले तेलबाट कमाएको २५.२ अर्ब डलर हिनामिना गरेको खुलासा गरेको छ।
- भ्रष्टाचारका कारण स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुपर्ने रकम व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग भएको छ।
- रिपोर्टले उपराष्ट्रपति बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीहरूमार्फत रकम खर्च भएको दाबी गरेको छ।
नैरोबी । संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि हालसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौँ डलर हिनामिना गरेको खुलासा गरेको छ ।
मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग भएको छ । रिपोर्टमा भनिएको छ,“देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ ।”
सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर रोडस’ कार्यक्रममा देखिएको छ, जहाँ सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब छैन ।
यो रकम उपराष्ट्रपति एवं सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीहरूमार्फत खर्च भएको रिपोर्टमा दाबी गरिएको छ । उनी हालै राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा भएका छ ।
संयुक्त राष्ट्रसङ्घ आयोगका अनुसार,“यी अनियमितता सिधै जनताको जीवनमा असर पार्ने गरी भएका छन् ।
सरकारले रिपोर्टमा प्रयोग गरिएको सूचना पक्षपाती रहेको भन्दै अस्वीकार गरेको छ ।
यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतसँगै आएको हो। मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, जसलाई उहाँका समर्थकहरूले राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण