खेल्ने/नखेल्ने अन्योलबिच आज पाकिस्तानले युएईको सामना गर्दै
सारांश
- एसिया कप २०२५ मा पाकिस्तान र युएई बीचको खेल दुबईमा हुनेछ।
- खेल जित्ने टोली सुपर-४ मा पुग्नेछ र हार्ने टोली बाहिरिनेछ।
- पाकिस्तानको ह्यान्डसेक विवादका कारण सहभागिता अनिश्चित छ।
दुबई । एसिया कप २०२५ को १० औँ खेल बुधबार पाकिस्तान र युएई बिच खेलिनेछ। खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ।
आजको खेल जित्ने टोली समूह ए बाट सुपर-४ मा छनोट हुनेछ भने हार्ने टोली लिग चरणबाटै बाहिरिनेछ। दुवै टोलीले अहिलेसम्म दुई-दुई खेल खेलेका छन् र एक-एक खेल जितेका छन् । दुवै टोली भारतसँग पराजित भएका हुन्।
‘ह्यान्डसेक’ विवादका कारण पाकिस्तानले आजको खेल्ने/नखेल्ने शङ्का छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसिया कपबाट बाहिरिनेबारे बुधबार अन्तिम निर्णय लिने बताएको छ। बोर्डले मध्यरातमा जारी गरेको विज्ञप्तिमा पाकिस्तानको निरन्तर सहभागिताको विषयमा ‘परामर्श जारी रहेको’ उल्लेख गरेको छ।
हेड टू हेड
यी दुई टोलीहरू अन्तिम पटक हालै सम्पन्न टी-२० त्रिकोणीय शृङ्खलाको क्रममा आमनेसामने थिए, जहाँ पाकिस्तानले युएईलाई ३१ रनले पराजित गरेको थियो। दुई टोलीहरूबिच हालसम्म कूल तीन टी-२० खेल खेलिएका छन्, जसमा पाकिस्तानले तीनै पटक जित हासिल गरेको छ।
सबैको नजर साइम अयुबमा
साइम अयुब, फखर जमान, मोहम्मद नवाज, मोहम्मद हरिस र शाहीन अफ्रिदी पाकिस्तानका स्टार खेलाडी हुन सक्छन्। ब्याटिङमा मोहम्मद हरिसले प्रतियोगितामा टोलीको नेतृत्व गरेका छन् । उनले २ खेलमा ६९ रन बनाएका छन् ।
साइम अयुबले सबैभन्दा धेरै विकेट लिएका छन्। उनले २ खेलमा ५ विकेट हात पारेका छन् ।
कप्तान वसिमले फेरि राम्रो प्रदर्शन गर्ने अपेक्षा
युएई टोलीबाट मोहम्मद वसिम, अलिशान शराफु, हैदर अली र जुनैद सिद्दिकीले आफ्नो प्रदर्शनले ध्यान आकर्षित गर्न सक्छन्। कप्तान वसिम टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले २ खेलमा १ अर्धशतकहसति ८८ रन बनाएका छन् । टोलीले आज फेरि उनीबाट प्रदर्शनको अपेक्षा गर्नेछ।
जुनैद सिद्दिकीले सबैभन्दा धेरै विकेट लिएका छन्। उनले २ खेलमा ५ विकेट हात पारेका छन् ।
दुवै टोलीको सम्भावित प्लेइङ-११
पाकिस्तानः सलमान आगा (कप्तान), साहिबजादा फरहान, सैम अयुब, मोहम्मद हरिस (विकेटकिपर), फखर जमान, हसन नवाज, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन अफ्रिदी, सुफियान मुकीम, अबरार अहमद।
युएई: मोहम्मद वासिम (कप्तान), अलिशान शराफु, मोहम्मद जोहाइब, राहुल चोपडा (विकेटकिपर), आसिफ खान, हर्षित कौशिक, ध्रुव पराशर, हैदर अली, मोहम्मद रोहिद खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्दीकी।
पिच रिपोर्ट
हालसम्म दुबई अन्तर्राष्ट्रिय रंगशालामा ९७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन्, जसमध्ये ५० खेल पछ्याउने टोलीले जितेको छ भने ४७ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ।
दुबईको मैदानमा खेलिएको अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल श्रीलंका र हङकङबिच भएको थियो, जुन श्रीलंकाले १८.५ ओभरमा १५० रनको लक्ष्य पूरा गर्दै ४ विकेटले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण