अवरुद्ध महाकाली लोकमार्ग सुचारु
बुधबार, ०१ असोज २०८२, १२ : २५
सारांश
- बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको थियो।
- मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेको थियो, जसले दिनभरि सडक अवरुद्ध गर्यो।
- राति ८ बजेतिर डोजर प्रयोग गरी पहिरो पन्छाएपछि सडक पुनः सुचारु भएको हो।
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खसेपछि अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ । महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो।
मंगलबार दिनभरि पहिरोका कारण सडक अवरुद्ध भयो । राति ८ बजेतिर सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।
सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरू बीच बाटोमै रोकिँदा यात्रुलाई सास्ती भएको थियो।
दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँगकाे समन्वयमा पहिरो हटाएर सडक सुचारु गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण