बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बससेवाबाट टिकट काट्ने ५ जनालाई खसी उपहार

बुधबार, ०१ असोज २०८२, १३ : ०४
बुधबार, ०१ असोज २०८२

सारांश

  • बससेवा कम्पनीले दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ, जहाँ यात्रुहरूले एप वा वेबसाइटबाट टिकट काट्न सक्नेछन्।
  • बससेवाबाट टिकट काट्ने यात्रुहरूले हवाई टिकटमा ५ सय रुपैयाँसम्म क्यासब्याक र विभिन्न उपहारहरू जित्न सक्नेछन्।
  • यात्रुहरूले बससेवाको मोबाइल एप डाउनलोड गरी आफू जान चाहेको स्थान र मिति चयन गरी टिकट बुक गर्न सक्नेछन्।

काठमाडौँ । बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस र हवाईजहाजको टिकट काट्न सक्नेछन्।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार कम्पनीले भदौ १५ गतेदेखि नै आंशिक रूपमा टिकट बुकिङ खुला गरिसकेको थियो। 

बससेवाको मोबाइल एप र वेबसाइटबाट हवाई टिकट काट्ने यात्रुले प्रत्येक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन्। यो अफर मंसिर महिनासम्म रहनेछ। यात्रुहरूले नेपालभरका सबै हवाई उडान हुने गन्तव्यका लागि टिकट लिन सक्नेछन्।

बससेवा कम्पनीले अग्रिम टिकट बुकिङ गर्ने यात्रुहरूमध्ये ५ जनालाई उपहारस्वरूप खसी दिने घोषणा गरेको छ। यो उपहार बससेवाको मोबाइल एप वा वेबसाइटबाट बस र हवाईजहाजको टिकट काट्ने यात्रुहरूका लागि मात्र लागू हुनेछ।

यसका साथै, बससेवाले टिकट काट्ने यात्रुहरूमध्ये १०० जनालाई निःशुल्क बस टिकट र ५० जनालाई २ हजार रुपैयाँ बराबरको लुगा खरिद गर्न दिने व्यवस्था पनि गरेको छ।

बस टिकट कसरी काट्ने?

  • सबैभन्दा पहिले, बससेवा मोबाइल एप डाउनलोड गर्नुहोस्।
  • एप खोलेपछि, आफू जान चाहेको स्थान र मिति चयन गर्नुहोस्।
  • 'सर्च' बटनमा थिचेपछि उपलब्ध बस, समय र मूल्यको सूची देखिनेछ।
  • आफूलाई उपयुक्त हुने बस र सिट छानेर आवश्यक विवरणहरू भर्नुहोस्।
  • अन्तिममा, भुक्तानी विकल्प (बैंक वा डिजिटल वालेट) प्रयोग गरी रकम तिर्नुहोस्।
  • यसपछि, तपाईंको टिकट बुकिङ सफल हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप