आन्दोलनमा मारिएका क-कसले पाउँछन् राहत ?
काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को त्यो निर्णय मंगलबारमात्रै गृह मन्त्रालयमा पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिए ।
अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि प्रक्रिया पुर्याउन पर्ने देखिएको छ । निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’
यो निर्णयअनुसार क्षतिपूर्ति पाउन पहिला प्रहरीले आन्दोलनमा मृत्यु भएको हो कि होइन पुष्टि गर्नुपर्छ । प्रहरीले आन्दोलनमा मृत्यु भएको पुष्टि गरेपछि मृतक जुन जिल्लाको स्थायी बासिन्दा हो त्यो जिल्लाको प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखि पठाउँछ ।
मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउँछन् ।
मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने, असोज एक गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । त्यस्तै काठमाडौँको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयले अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण