लोसपा नेपालले बोलायो पदाधिकारी बैठक
सारांश
- लोसपा नेपालको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ।
- बैठकमा जेनजी आन्दोलन र संविधान दिवसबारे समीक्षा हुनेछ।
- लोसपाले असोज ३ गतेलाई कालो दिवस मनाउँदै आएको छ।
काठमाडौँ । वर्तमान अवस्थाको बारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । आज पार्टी कार्यालयमा बस्न लागेको बैठकमा पछिल्लो समय भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिको बारेमा समीक्षा लगायतका विषयमा छलफल हुने सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।
‘मुख्य अहिलेको समसामयिक विषय नै हुन्छ, त्यसपछि असोज ३ गते संविधान दिवसका दिन के गर्ने त्यसबारेमा पनि छलफल हुन्छ’ उनले भने ।
असोज ३ लाई लोसपा नेपालले कालो दिवसको रूपमा मनाउँदै आएको छ । २०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसवादी दलले त्यसको विरोध गरेका थिए । मधेसको अधिकार र पहिचान संविधानमा समावेश नभएको भन्दै उनीहरूले आन्दोलन नै गरेका थिए ।
आफ्नो मागअनुसार संविधान संशोधन नभएका कारण लोसपा लगायत अन्य मधेसवादी दलहरूले असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदै आएका हुन् ।
यस पटक सरकारले भने सामान्य ढङ्गले संविधान दिवस मनाउने भएको छ । लोसपा नेपालले चैतको पहिलो हप्ता पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
आन्दोलनका कारण त्यसको प्रक्रिया पनि अवरोध भएको छ । यो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण