बससेवाले खोल्यो दसैँका लागि टिकट बुकिङ, अनलाइनबाटै देशभरका ७० भन्दाबढी जिल्लाको टिकट काट्न सकिने
काठमाडौँ । बससेवाले दसैँका लागि टिकट बुकिङ खुलाएको छ । बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै काट्न सक्नेछन् ।
बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुन्छ,’ उनले भने ।
हवाई टिकट काट्दा पाँच सयसम्म क्यास ब्याक
मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बस सेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मङ्सिर महिनासम्म रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।
बससेवाबाट टिकट काट्ने पाँच जनालाई खसी उपहार
बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहार समेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँच जनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो ।
सय जनालाई फ्रि बस टिकट
बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सय जनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण