फरार कैदीबन्दी
रसुवा कारागारबाट ९१ कैदीबन्दी कारागार फर्किए
बिहीबार, ०२ असोज २०८२, ०० : ०८
सारांश
- रसुवा कारागारबाट फरार भएका ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन्।
- फरार कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो भने केहीले आत्मसमर्पण गरेका थिए।
- अझै ६ जना फरार रहेका छन्, जसमा रूपेश नेपाली, सुमन तामाङ, निमा दोर्जे तामाङ, कर्मा सोनाम तामाङ, वीरमान तामाङ र निर्मल तामाङ छन्।
रसुवा । जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् ।
गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तमाङ, गोसाइँकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ छन् । साथै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण