एसिया कप
यूएईलाई पराजित गर्दै पाकिस्तान सुपर चारमा, यूएई लिग चरणबाटै बाहिर
बिहीबार, ०२ असोज २०८२, ०१ : १६
सारांश
- एसिया कपमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गर्दै सुपर-४ मा प्रवेश गरेको छ।
- पाकिस्तानका फखर जमनले ५० रन बनाए भने शाहिन अफ्रिदीले बलिङमा २ विकेट लिए।
- युएईले अन्तिम सात विकेट २० रनमा गुमाएपछि लिग चरणबाट बाहिरियो।
काठमाडौँ । एसीसी एसिया कपमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानले ४१ रनले जित हात पारेको छ। यस जितसँगै पाकिस्तान समूह ‘ए’ बाट सुपर-४ मा प्रवेश गरेको छ भने यूएई लिग चरणमै बाहिरिएको छ।
पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमनले ३६ बलमा ५० रन बनाए। कप्तान सलमान अली आगाले २० रन जोडे भने शाहिन अफ्रिदीले अन्तिमतिर आक्रामक १४ बलमा अविजित २९ रन प्रहार गरे।

बलिङतर्फ पनि शाहिन अफ्रिदी नै पाकिस्तानका नायक बने। उनले दुई विकेट लिँदै युएईलाई दबाबमा राखे। युएईले अन्तिम सात विकेट मात्र २० रनमा गुमाएपछि लक्ष्य पछ्याउने क्रममा एकतर्फी हार बेहोर्यो।
पाकिस्तानको जितसँगै समूह ‘ए’ बाट सुपर–४ को यात्रा सुनिश्चित भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण