पाकिस्तानले यूएइविरुद्ध खेल्ने, म्याच रेफ्री परिवर्तन गर्ने सम्झौता
बुधबार, ०१ असोज २०८२, १३ : ३९
सारांश
- पाकिस्तान क्रिकेट बोर्डले एसिया कप २०२५ मा म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई हटाउन सहमति जनाएको छ।
- पाकिस्तानी टोलीले एन्डीलाई नहटाए युएईविरुद्धको खेल बहिष्कार गर्ने धम्की दिएको थियो।
- एन्डीको स्थानमा रिची रिचर्डसनले खेल खेलाउने सम्भावना रहेको बताइएको छ।
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) अन्ततः एसिया कप २०२५ मा म्याच रेफरीको पदबाट एन्डी पाइक्रफ्टलाई हटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग सम्झौता गर्न तयार भएको छ ।
पाकिस्तानी टोलीले यदि एन्डीलाई हटाइएन भने प्रतियोगितामा युएई विरुद्धको खेल बहिष्कार गर्ने धम्की दिएको थियो । यद्यपि, आईसीसीले मङ्गलवार पीसीबीको मागलाई अस्वीकार गरेको थियो ।
आइसीसी र पीसीबीले एन्डीलाई पाकिस्तानको खेलमा नराख्ने सम्झौता गरेको ‘दी हिन्दु’ उल्लेख गरेको छ । उनको स्थानमा अब रिची रिचर्डसनले खेल खेलाउन सक्ने बताइएको छ । तर, नाम भने तय भएको छैन ।
त्यसपछि भने पीसीबीले आज हुने यूएइविरुद्धको महत्त्वपूर्ण खेल खेल्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण