अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सारांश
- लगातार वर्षाको कारण गुल्मीमा कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भए।
- पहिरो पन्छाएपछि कालीगण्डकी गाउँपालिका-२ को राक्से र रुरुक्षेत्र गाउँपालिका-३ को सल्लेरी खण्डमा सडक पुनः सञ्चालनमा आए।
- जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिमलाई मध्यनजर गर्दै पहिरो प्रभावित र नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।
गुल्मी । लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
सडकमा थुप्रिएको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
त्यसैगरी बुधबार बिहानदेखि अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि आज बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत गुल्मीको रिडी–तम्घासखण्डको रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । त्यस क्षेत्रमा दुवैतर्फ रोकिएका यात्रु आआप्mनो गन्तव्यतिर जान थालेका छन् ।
जिल्लामा तीन दिनदेखि लगातार रुपमा भइरहेको वर्षा आज बिहान रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले वर्षाका कारण विपद्जन्य जोखिम हुनसक्ने भन्दै पहिरोग्रस्त र खोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण