अमेरिकी राजदूत र प्रधानमन्त्री कार्कीबिच भेट, एमसीसी लगायतका विषयमा छलफल
काठमाडौँ । अमेरिकी राजदूत डिन आर थम्पसनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल–अमेरिका दुवै देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सो अवसरमा अमेरिकी राजदूतले नेपालका विकास सम्बन्धी आकाङ्क्षामा अमेरिकी सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताएको मन्त्रालयको भनाई छ।
भेटबारे जानकारी दिँदै राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याएको बताए।
अमेरिका र नेपालबिच ७८ वर्षअघि सुरु भएको साझेदारीलाई स्मरण गर्दै उनले दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापनलगायत विषयमा छलफल गरेका थिए।
साथै नेपालकै रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताबारे पनि कुराकानी भएको उनको भनाई।
आज नै चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण