सङ्कटमा सरकार सम्पर्कविहीन भयो : नेता जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले सङ्कटको समयमा सरकार सम्पर्कविहीन बनेको आरोप लगाएका छन् ।
‘जेनजी आन्दोलन’का क्रममा प्रदेशसभा तथा सरकारका संरचनाहरूमा आगजनीका घटना हुँदा प्रदेश सरकार पूर्ण रूपमा गैरजिम्मेवार र सम्पर्कविहीन बनेको उनले आरोप लगाए ।
आन्दोलनबाट क्षतिग्रस्त प्रदेश सभा भवनको निरीक्षणका क्रममा प्रमुख सचेतक रत्न ढकालसहित पुगेका जम्कट्टेलले सङ्कटको घडीमा आफूले मुख्यमन्त्रीलाई सम्पर्क गर्न खोज्दा दुई दिनसम्म सम्पर्क हुन नसकेको र अन्य मन्त्रीहरूले फोन नै बन्द गरेको बताए ।
उक्त घटनाले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको उनको भनाई छ । संवेदनशील समयमा सरकारका प्रतिनिधिहरू सम्पर्कबाहिर रहनु अत्यन्तै दुःखद भएको उनले बताए । नेता जम्कट्टेलले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्ने प्रमुख दायित्व सरकारको भएको बताए ।
‘कार्यकारिणी भूमिकामा रहेको सरकार छ । हामीले त आवाज उठाउने कुरा हो, हामीले उठायौँ । मैले आफैँले मुख्यमन्त्रीलाई सम्पर्क गर्न कोसिस गरेँ, करिब दुई दिनपछि मात्रै उहाँको सम्पर्क भयो । मन्त्रीज्यूहरूका त सबैका फोन अफ । यो पनि मलाई अचम्म लाग्यो फेरि, यस्तो बेलामा मन्त्रीज्यूहरूको फोनचाहिँ अफ हुने ?’ उनले भने, ‘यो पनि त्यति राम्रो लागेन । यस्तो बेला सम्पर्क हुनुपर्थ्यो, भेटघाट हुनुपर्थ्यो, छलफल हुनुपर्थ्यो । प्रदेश सरकार तर्फबाट जनतालाई अपिल पनि हुनुपर्थ्यो । यो व्यवस्था त्यसै आएको व्यवस्था होइन नि । यो व्यवस्था ल्याउन लडेका पार्टीहरू नै अहिले सरकारमा हुनुहुन्छ । त्यसैले त्यो अपिल गर्न सक्नुपर्छ । किनभने हाम्रो संविधान कायम छ । हामी कायम छौँ । हाम्रो संरचना कायम छ ।’
सरकारले आफ्नो आधारभूत जिम्मेवारीसमेत पूरा गर्न नसकेको उनले बताए । प्रदेश सरकारको उपस्थितिमा ठुलो कमी महसुस भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण