जेनजी आन्दोलनले ल्याएको परिवर्तन र सिकाएको पाठ (भिडियो)
काठमाडौं । केपी शर्मा ओलीले सायदै सोचेका थिए होलान्, युवाहरुको आन्दोलनले आफ्नो सरकार ढाल्ला र हताहतार राजीनामा दिएर सेनाको हेलिकप्टरमा बालुवाटार छाड्नुपर्ला । तर समय न हो, नसोचेको कुरा एकैछिनमा भइदिन्छ । भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा सुरक्षाकर्मीको अन्धाधुन्ध गोली प्रहारबाट कम्तीमा १९ जना युवाको ज्यान गएपछि परिस्थिति नै अर्कै भयो ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको माग राखेर आन्दोलन गरेका जेनजी अर्थात् १४ देखि २८ वर्ष उमेर समूहका युवाहरुले आन्दोलन गरेका थिए । २४ गते आन्दोलन उग्र बन्दा सार्वजनिक र निजी भौतिक संरचनाको पनि व्यापक क्षति भयो ।
उनीहरुको दुईदिने आन्दोलने नेपाली राजनीतिको ‘सिनारियो’ नै बदलिदिएको छ । जेनजी विद्रोह सुरु भएको २७ घण्टामा झण्डै दुई तिहाइको शक्तिशाली सरकारलाई घुँडा टेकायो भने अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । सरकारलाई फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने मुख्य म्यान्डेट छ । अब देशको ध्यान चुनावमा केन्द्रित हुँदैछ ।
दलहरु भन्ने गर्थे- ‘दलविना राजनीतिक परिवर्तन सम्भव छैन ।‘ तर यो भाष्यलाई जेनजीले जबर्जस्त तोडिदिए । स्वत:स्फूर्त रुपमा भएको आन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याउन सक्छ भन्ने पुष्टि गरिदिए ।
खासमा यो आन्दोलनले राजनीतिक दल, स्वयं आन्दोलनकारी र अन्य सरोकारवालालाई धेरै पाठ सिकाएको पनि छ । आन्दोलन कसरी सुरु भयो ? यसले सिकाएको पाठ के हो ? अब कसरी अगाडि बढ्नुपर्छ ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण