जेनजी आन्दोलनको क्षति व्यवस्थापन गर्न बागमतीको बजेट पुनरावलोकन हुने
सारांश
- बागमती प्रदेश सरकारले जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
- सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
- बजेट पुनरावलोकन गरी पुनर्निर्माण र परिणाममुखी विकासका काममा बजेट केन्द्रित गरिनेछ।
हेटौँडा । बागमती प्रदेश सरकारले हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको तत्काल पुनर्निर्माण गर्ने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले दिएको जानकारीअनुसार आन्दोलनमा घाइते भएकाहरूलाई प्रदेश मातहतका अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ।
बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भएकोप्रति दुःखसमेत व्यक्त गरेको मन्त्री तामाङले बताए।
उनका अनुसार आन्दोलनका कारण भएको क्षति पुनर्निर्माणका लागि अतिरिक्त खर्च आवश्यक परेकाले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गरिने निर्णय भएको छ।
‘सरकारले बजेट पुनरावलोकनबाट साना र परिणाम नदिने टुक्रे योजनाहरू कटौती गर्नेछ। बजेटलाई पुनर्निर्माण र देखिने परिणाममुखी विकासका काममा केन्द्रित गरिनेछ, मन्त्री तामाङले बताए।
बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षका लागि अस्थायी दरबन्दीलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण