५३८ केजी गाँजासहित कार बरामद
शुक्रबार, ०३ असोज २०८२, १४ : १९
विराटनगर। मोरङ प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका-८, हाटखोलाबाट ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ।
गत असोज २ गते राति करिब ८:४० बजे शङ्कास्पद अवस्थामा रहेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको सिल्भर रङको कारको जाँच गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारका अनुसार कारमा लोड गरेर राखिएको अवस्थामा फेला परेको गाँजा र गाडी बेवारिसे अवस्थामा भेटिएको हो।
प्रहरीले बरामद गरिएको गाडीसहित गाँजाको थप अनुसन्धान गरिरहेको छ। साथै, घटनामा संलग्न चालक र अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण