सशस्त्रको एसएलआर भक्तपुरमा बेवारिसे अवस्थामा फेला
शुक्रबार, ०३ असोज २०८२, १५ : २४
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ ।
चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा कपडाले बेरेर राखेको अवस्थामा भेटिएको हतियार स्थानीयले प्रहरीलाई बुझाएका छन् ।
नम्बर–२० गण २९० लेखिएको सो एसएलआर सशस्त्र प्रहरीको मिनभवन स्थित बेसबाट लुटिएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।
स्थानीयले एउटा एसएलआर फेला पारेर बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । उनले भने, ‘हतियार यकिन गरेर सम्बन्धित निकायमा बुझाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण