२५ वर्षपछि बेन्फिका फर्किए मोरिन्हो
शुक्रबार, ०३ असोज २०८२, १६ : ०४
सारांश
- जोसे मोरिन्हो २५ वर्षपछि बेन्फिकाको प्रशिक्षकमा फर्किएका छन्।
- मोरिन्होले बेन्फिकासँग दुई वर्षको सम्झौता गरेका छन्।
- उनले चेल्सी, रियल मड्रिड, इन्टर मिलान जस्ता ठूला क्लबहरूमा प्रशिक्षण दिएका छन्।
काठमाडौँ । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो २५ वर्ष पछि बेन्फिकाको प्रशिक्षकमा फर्किएका छन् । पोर्चुगिज क्लब बेन्फिकाले आफ्नो नयाँ प्रशिक्षकको रूपमा मोरिन्होलाई क्लबमा अनुबन्ध गरेको हो ।
मोरिन्होले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । मोरिन्होले सन् २००० मा बेन्फिकाबाट व्यावसायिक प्रशिक्षकको यात्रा सुरु गरेका थिए ।
त्यसपछि मोरिन्होले युरोपका ठुला क्लब चेल्सी, रियल मड्रिड, इन्टर मिलान, म्यान्चेस्टर युनाइटेड, पोर्टाे, टोटेनहम हस्पोर्ट र रोमामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
उनी प्रशिक्षकको यात्रामा टोटेनहम र म्यान्चेस्टर युनाइटेडमा सुफल हुन भने सकेनन् । त्यस बाहेक उनले युरोपको सफल प्रशिक्षकको रूपमा आफ्नो छवि बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण