चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
सारांश
- टुरिष्ट बस एसोसिएसनले दसैँ, तिहार र छठका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ।
- काठमाडौँ, पोखरा, र सौराहा जस्ता गन्तव्यका लागि अनलाइनबाट टिकट काट्न सकिनेछ।
- यातायात व्यवसायीले भने यस वर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन्।
काठमाडौँ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौँ, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । उक्त बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिने उनले बताए ।
हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा २०० भन्दा बढी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् । यस्तै, दसैँका लागि आन्तरिक उडानका अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैला दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउँछन् । ‘अधिकांश यात्रुले हवाई टिकट होल्ड गरेर राखेको अवस्था छ,’ उनले भने ।
यसैगरी, यातायात व्यवसायीले भने यसवर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जेनजीको प्रदर्शनका कारण क्याम्पसहरु बन्द हुँदा अधिकांश यात्रुहरु घर गइसकेकाले अग्रिम टिकट बुकिङ नखोलिएको बताए ।
अध्यक्ष स्वाँरले पाँच दिन पछि जाने यात्रुका लागि पाँच दिन अगाडि नै टिकट काट्ने व्यवस्था अहिले पनि कायमै रहेकाले अग्रिम टिकट लिनसमेत यात्रुलाई आग्रह गरे । दसैँका लागि भनेर अग्रिम टिकट बुकिङ खुला नगरेको उनको भनाइ थियो ।
सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षको बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले शुभारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण