मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

समाजमा उच्छृङ्खल गतिविधि भए यो नम्बरमा फोन गर्नुहोस् : गृह मन्त्रालय

शुक्रबार, ०३ असोज २०८२, १६ : ३३
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • गृह मन्त्रालयले युवा पुस्ताको प्रदर्शनपछिको स्थितिलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरेको छ।
  • सहायता कक्ष समाजमा हुनसक्ने उच्छृङ्खल गतिविधि र अन्य समस्या समाधानका लागि स्थापना गरिएको हो।
  • गुनासो, सुझाव वा जानकारीका लागि ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सकिनेछ।

काठमाडौँ । गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि भए ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले सो आग्रह गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणको लागि सहायता कक्ष स्थापना गरिएको छ । 

सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यले कुनै पनि सूचना, गुनासो, सल्लाह वा सुझाव भएमा उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने जनाएका छन् । 

 

home-minsitry

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप