भारतसँग ओमान २१ रनले पराजित
सारांश
- अबूधाबीमा भएको एसिया कप टी-२० मा भारतले ओमानलाई २१ रनले पराजित गर्यो।
- भारतले पहिले ब्याटिङ गर्दै १८८ रन बनायो, जसमा अभिषेक शर्माले ३८ रनको उत्कृष्ट पारी खेले।
- ओमानका बलर फैसल शाह, जितेन रमनन्दी र आमिर कलीमले २-२ विकेट लिए।
काठमाडौँ । अबुधाबीमा सम्पन्न एसिया कप टी-२० को अन्तिम समूह चरणको खेलमा ओमान भारतसँग २१ रनले पराजित बनेकाे छ।
पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो। भारतका लागि पावरप्लेमा अभिषेक शर्माले १५ बलमा ३८ रनको तुफानी इनिङ खेलेका थिए। उनले पाँच चौका र दुई छक्का प्रहार गर्दै भारतलाई पहिलो छ ओभरमा ६० रनको बलियो सुरुवात दिलाए।
सञ्जु सामसनले पनि सुस्त गतिमा सुरुवात गरे तापनि अन्ततः ४१ बलमा अर्धशतक पुरा गरे। तर १८औँ ओभरमा उनी आउट भएपछि भारतले अन्तिम तीन ओभरमा केवल २१ रन मात्रै जोड्न सक्यो।
ओमानतर्फ फैसल शाह, जितेन रमनन्दी र आमिर कलीम समान दुई-दुई विकेट लिएका लिएका थिए।
जवाफमा ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। कप्तान जतिन्द्र सिंहले ३२ (३३), आमिर कलीमले ६४ (४६) र हम्माद मिर्जाले ५१ (३३) रन बनाए पनि टोलीलाई लक्ष्य नजिक पुर्याउन सकेनन्।
भारतका बलरमध्ये हार्दिक पाण्ड्या, अर्शदीप सिंह, हरसित राना र कुलदीप यादवले समान एक-एक विकेट लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026