कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुकिन्छ : शेखर कोइराला
शनिबार, ०४ असोज २०८२, १२ : २८
सारांश
- डा. शेखर कोइरालाले कोइराला निवासबाटै लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गरे।
- उनले विराटनगरस्थित निवासमा आगजनी भएको घटनाबारे विस्तारै पर्दाफास हुने बताए।
- भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कोइराला निवासमा आगजनी भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । शनिबार विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले भने- ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।
_0FJyyvlSRs.jpg)
_K83jPfk1rW.jpg)
_clKiQPVejB.jpg)
_e8tMIkMMUb.jpg)
_r5CJ83vRjZ.jpg)
_P2jPkVmneA.jpg)
_iKQlaUTLta.jpg)
_AjHz3UK1bG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण