शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खसी किन्ने क्रममा नेपालगन्जमा झडप, एक जनाको मृत्यु, ५ जना घाइते

शनिबार, ०४ असोज २०८२, १२ : ५७
शनिबार, ०४ असोज २०८२

सारांश

  • बाँकेको नेपालगन्जमा खसी किन्ने विषयमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु भएको छ।
  • खसी खरिदको विषयमा विवाद हुँदा ढुंगा प्रहारबाट घाइते भएका ५२ वर्षीय जाबिद अली बेहनाको उपचारका क्रममा निधन भयो।
  • प्रहरीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ, जसमा सालो-भिना पर्नेहरु पनि छन्।

बुटवल । बाँकेको नेपालगन्जमा  खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्का समूहले किनेपछि झडप हुँदा नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको  मृत्यु भएको हो।

विवादमा  ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले रातोपाटीलाई बताए ।

उनले खसी बोका खरिद गर्ने दुई समूह आफन्त रहेको खुलाए । घटनामा अन्य ५ जना घाइते भएका छन् । ४जना नेपालगन्जमा  रहेको सञ्जीवनी मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् भने एक जनालाई उपचारको लागि भारत लगिएको छ।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगन्जका मुस्ताफ अलि बेहना, सेराज अलि बेहना, ईस्थाक अलि बेहना र चाँदबावु बेहना रहेका छन्। विवाद गर्ने दुई समूहमा नाताले सालो–भेना पर्ने पनि रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप